काठमाडौं । नाडा अटो शो सुरू भएकै दिन एक सय भन्दा बढी गाडीको बुकिङ पाएको पन्च ईभीले चार दिन ३२८ वटा बुकिङ पाएको छ ।
टाटाको सनरुफसहितको एसयूभी कारमा उल्लेख्य बुकिङ आएको सिप्रदी ट्रोडिकका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले जानकारी दिए ।
टाटा पन्च ईभी सुरूवाती मूल्य ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । यो सुरुवाती भेरियन्टमा पनि ग्राहकहरुले सनरुफको आनन्द लिन सक्ने छन् । यो मूल्य नाडासम्मलाई मात्र रहेको र नाडापछि मूल्य बढ्ने कम्पनीले जनाएको छ ।
साथै, नाडामा गाडी किन्ने ग्राहकहरूले सिप्रदीको चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्ग सुविधा पनि पाउने बताइएको छ ।
भोलि आइतबारसम्म चल्ने नाडा अटो शोमा पनि उपभोक्ताहरुको बाक्लो उपस्थित रहने विश्वास सिप्रदीको छ ।
FACEBOOK COMMENTS