काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुटको व्यवस्था गरेको छ ।
सानिमा बैंकको भिसा डेबिटरक्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग गरी डिजिटल भुक्तानी गर्दा श्री एयरलाइन्सको टिकटमा ५०० को छुट प्राप्त गर्न सक्ने छन् ।
छुटका लागि ग्राहकले श्री एयरलाइन्सको काउन्टरबाट भुक्तानी गर्नु पर्नेछ ।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा ए।टि।एमहरु संचालनमा रहेका छन् ।
FACEBOOK COMMENTS