काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘बेस्ट टर्म लाइफ जीवन बीमा योजना’ नामको नयाँ म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको छ ।
अत्यन्त सरल, किफायती र उपयोगी विशेषताहरूसहित विभिन्न पेसामा आबद्ध व्यक्तिहरूलाई लक्षित गरी यो बीमा योजना ल्याएको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । १८ वर्षभन्दा माथिका व्यक्तिहरूले न्यूनतम बीमांक ५० हजार रूपैयाँ राखी लिन सकिने यो विशेष म्यादी बीमा विशेषगरी पहिलो रोजगारमा प्रवेश गरेका व्यक्ति, नयाँ स्वरोजगारी, विभिन्न पेसागत व्यक्तिहरू, खेलाडी आदिका रोजाइमा पर्ने विश्वास रहेको उल्लेख गरिएको छ ।
विभिन्न पूरक ऐच्छिक सुविधा, दुर्घटना बीमा लाभ, विभिन्न २१ घातक रोगविरूद्धको रक्षावरणसहित किन्न सकिने यो बेस्ट टर्म घरबाटै अनलाइनमार्फत अत्यन्त सरल प्रक्रियाबाट प्राप्त गर्न सक्ने व्यवस्था कम्पनीले गरेको छ । साथै बीमा शुल्कको भुक्तानी बीमितको इच्छाअनुसार एकैपटक वा नियमित रूपमा तिर्न सकिनेछ ।
कम्पनीबाट प्रदान गरिने अन्य बीमाजस्तै यो बीमा पनि अनलाइनबाहेक कम्पनीको कुनै पनि शाखा वा बीमा अभिकर्तामार्फत सहज तरिकाले लिन सकिनेछ ।
खासगरी बीमा दाबी प्रक्रियामा सरलता ल्याई छिटो दाबी भुक्तानी गर्दै आएको र पारदर्शितालाई आफ्नो मूलमन्त्र मानेर काम गर्ने आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले जनमानसमा विद्यमान रहेको विश्वासलाई आफ्नो सफलताको कारण मान्ने गरेको छ ।
FACEBOOK COMMENTS