काठमाडौं । नेपालीहरूको महान् चाड दसैं सम्मुखमा छ । वर्षमा एक पटक आउने दसैं आफ्ना परिवारसँग भेला भएर हर्षोल्लाससाथ मनाउने थुप्रैको चाहना यस पटक सधैंका लागि अधुरो बन्न पुगेको छ । त्यस्तै थुप्रैको दसैं यसापलि खल्लो हुने भएको छ ।
गत बिहीबारदेखि परेको अविरल वर्षा, त्यसपछिकाे बाढी-पहिरो र त्यसको वितण्डाले यस्तो अवस्था निम्त्याएको हो । नेपाल प्रहरीको आइतबार दिउँसो १ बजेसम्मको तथ्यांकअनुसार देशका विभिन्न स्थानमा बाढी-पहिरोका कारण १२९ जनाको मृत्यु भएको छ । अझै ६२ जना बेपत्ता रहेका प्रहरीले जनाएको छ ।
त्यस्तै ८६ जना घाइते छन् भने सुरक्षाकर्मीले ३ हजार २६६ जनाभन्दा बढीको उद्धार गरेका छन् । बाढी-पहिरोले हजारौं परिवार विस्थापित भएका छन् ।
हेर्नुहोस् अविरल वर्षा र त्यसपछिकाे विनाशकारी बाढी-पहिरोले उत्पन्न परिस्थितिका तस्बिरहरू (सबै तस्बिरहरू – रासस) :
FACEBOOK COMMENTS