यी वडा अध्यक्ष सहयोग माग्न आउनेलाई रित्तो हात फर्काउँदैनन्
कर्पोरट खबर
1:15 pm, बुधबार, असोज ३०, २०८१
चितवन । भरतपुर महानगरपालिका–१२ का अध्यक्ष लेखराज पन्तले आफ्नो वडाका विपन्नलाई दसैँमा मासुचिउरा बाँड्नु भएको छ । उनले भरतपुर–१२ का दुई सय ५५ परिवारलाई दुई किलो मासु र दुई किलो चिउरा वितरण गरेका छन् ।
सामाजिक सञ्जालमा आह्वान गरेर मासु किनेर खान नसक्ने विपन्नलाई आफूसँग सम्पर्क गरेका थिए ।उनले भने , “वडाभरिका सबैलाई मैले आह्वान गरेर विपन्नलाई आफ्नै निजी खर्च गरेर मासु चिउरा बाँडे ।”
वडाध्यक्ष पन्तले वडा कार्यालयमा दानपेटिका राखेर सक्नेलाई सहयोग गर्न आह्वान समेत गर्दै आएका छन् । उक्त सङ्कलित रकमले पनि उनले विपन्नका लागि सहयोग गर्ने गरेका छन् ।
गत तीजमा उनले विभिन्न आमा समूह, टोल सुधार समितिहरुमार्फत तीजको दर खुवाउने र समूहलाई पोसाकको साडी वितरण गरेका थिए । उनले
उहाँले भन्नुभयो, “तीजमा रु तीन लाख खर्च भएको थियो । तीज मनाउन खर्च माग्ने कोही खाली हात फर्केनन् । वडाभित्रका टोल र आमा समूहलाई ६ सयभन्दा बढी पोसाकका साडी वितरण गरिसकेको छु । ”
तिहारमा उहाँको घरमा भैलो खेल्ने पालो पाउन मुस्किल हुने जनाइएको छ । पचास समूहभन्दा बढी भैलो खेल्न आउने गरेको उनको भनाइ छ । उनले भने
भन्नुभयो, “गत वर्षको तिहारमा रु पाँच लाख बढी दान गरेको थिएँ ।”
गत भदौ १५ गते उनले आफ्नो जन्मदिनमा १८ लाख ६० हजार बराबरको दान गरेका थिए । आफ्नै वडाको एक मन्दिरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीसहितको उपस्थितिमा उनले विभिन्न सङ्घसंस्था र विद्यालयका विद्यार्थीलाई नगद एवं लत्ताकपडा वितरण गरेका थिए ।
उनले भने , “जन्मदिन, तीज, दसैँ, तिहारमा मात्रै होइन, बाह्रै महिना सहयोग माग्न आउनेहरुलाई रित्तो हात फर्काउँदिन ।”
जिल्लाका सङ्घसंस्थाहरु धेरैले एक पटक उहाँसँग सहयोग पाइसकेका छन् । विभिन्न क्लबहरुले आयोजना गर्ने खेलकुदमा उनको सहयोग हुने गर्दछ । जनप्रतिनिधि भएपछि यकिन हिसाब नभए पनि एक करोडभन्दा बढी निजी रकम दान गरिसकेको उनले बताए । उनले स्थानीय हिमालय स्कुलमा २२ लाख, रोटरी करुणालय देवघाटमा रु १५ लाख, गणेशधाम संरक्षणमा १५ लाख सहयोग गरेका छन् । यसका अतिरिक्त क्रिकेट रङ्गशाला, मठमन्दिरहरुमा पनि सहयोग गर्दै आएका छन् ।
उनले वडाध्यक्ष वापतको रकम सबै दानमा खर्च गर्ने गर्दछन् । वर्षमा पाँच लाख हाराहारी आउने र त्यो सबै चेकमार्फत सोझै सहयोग गर्ने गरेको उनको भनाइ छ । वडा कार्यालयमा राखिएको दानपेटिकामा वार्षिक उठ्ने चार लाख हाराहारी विपन्न बिरामी, दाहासंस्कारका लागि आवश्यक दाउरा, किरिया खर्च, बाटो खर्चलगायत सहयोग गर्ने गरेको वडाध्यक्ष पन्तले जानकारी दिए ।
बाग्लुङ नगरपालिका–७ मा जन्मिनुभएका पन्त विसं २०४८ बाट चितवनमा बसोबास गर्दै आएका छन् । उनले आफ्नो आम्दानी समाजसेवामा खर्च गर्दै आएका छन् । उनले भने, “दुःखी, असहाय र सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा मलाई निकै आनन्द आउँछ ।”
FACEBOOK COMMENTS