काठमाडाैं । साताको पहिलो कारोबार दिन नेप्सेसूचक ४७.४४ अंकले घटेर २ हजार ६९७.९१ विन्दुमा आइपुगेको छ । अघिल्लो साता तीनदिन खुलेको बजारमा सकारात्मक उन्मुख बनेको बजार यो साताको पहिलो दिनमै गिरावटको रेखा कोरिएको हो । बजार उच्च अंकले घटेपछि लगानीकर्ताहरु बजारप्रति निराश देखिएका छन्, जसको कारण आत्तिएर शेयर विक्रिहुँदा कारोबार रकम बढेको छ ।
धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३१५ कम्पनीको २ करोड ८ लाख कित्ता शेयर किनबेचहुँदा ८ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा गूडवेल फाइनान्स,कुमारी बैंक, हिमालयन रिइन्स्योरेन्स, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी,न्यादी ग्रुप पावर कम्पनीको २ करोड १२ लाख रुपैयाँदेखि ४५ करोड ७ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
घटेको बजारमा यो साता कुथेली बुखरी स्मेल हाइड्रो पावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै न्यादी ग्रुप पावर, हिमालयन लघुवित्त वित्तीय संस्था, सिटीजन सुपर ३० म्यूचुअल फण्डको शेयर मूल्य ३.६४ प्रतिशतदेखि ९.८९ प्रतिशतले बढेको छ। त्यस्तै, इष्ट्रन हाइड्रो पावर,गूडवेल फाइनान्स, बुटवल पावर कम्पनी थेह्रथुम पावर कम्पनीको शेयर मूल्य ४.९६ प्रतिशतदेखि ८.४१ प्रतिशतले घटेको छ ।
पछिल्लाे समय लगानीकर्ताहरू पर्ख र हेरकाे अबस्थामा देखिएका छन् । लगानीकर्ता देव गुराइँले बजारले अहिले करेक्सन समातेकाे र पुन एउटा लयमा अाउन सक्ने उ बताए ।
FACEBOOK COMMENTS