काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ अर्ब ५ करोड ६५ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
यो नाफा गत आवको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.८१ प्रतिशतले घटेर ४ अर्ब १४ करोड २ लाख ८५ हजार रुपैयाँ रहेको छ । सञ्चालन नाफा ३६.०९ प्रतिशतले बढेर २ अर्ब ८९ करोड ३४ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।
गत आवको सोही अवधिमा २ अर्ब १२ करोड ६१ लाख ४२ हजार रुपैयाँ रहेको थियो । बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ११ करोड १६ लाख ६७ हजार रुपैयाँबाट घटेर ४५ करोड ७७ लाख २७ हजार रुपैयाँ रहेको छ । जसले गर्दा नाफा बढाउन सहयोग गरेको छ ।
२७ अर्ब ५ करोड ६९ लाख ९७ हजार चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३० अर्ब ५ करोड २६ लाख १३ हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ८३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २२९.४८ रुपैयाँ रहेको छ ।
बैंकको खराब कर्जा १.५८ प्रतिशतबाट घटेर १.४२ प्रतिशत रहेको छ ।
FACEBOOK COMMENTS