काठमाडौं, बैशाख २८ – देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न, दैनिक ज्यालादारीमा काम गर्ने तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरुलाई मुक्तिनाथ विकास बैंकले राहत सामाग्री वितरणगरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत देशको विभिन्न स्थानहरुमा राहत सामाग्री वितरणगरेको हो ।
बैंकको शाखा कार्यालय घोराहीले घोराहीउप–महानगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ । उक्त खाद्यान्न सामाग्री बैंकको घोराही शाखाका शाखाप्रमुख युवराज भण्डारीले घोराहीउप–महानगरपालिका वडा नं १५ का वडा सदस्य तथा बैंक तथा वित्तिय संस्थागत समन्वय संयोजक सनतकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
यसैगरी, बैंकले धनगढी उप–महानगरपालिका – ०४ मापनि राहत सामाग्री सहयोग गरेको छ । सहयोग सामाग्री बैंकका धनगढी शाखाका शाखाप्रमुख उमेश जोशीले धनगढी उप–महानगरपालिका – ०४ का प्रमुख दिपक थापा र सुन्दर सुदुरपश्चिम यातायात प्रा.लिका प्रमुख पदमराज सापकोटालाई हस्तान्तरण गरेका थिए ।
साथै, बैंकले नार्गाजुन – ०४, काठमाडौंको शक्तिकुमारी टोल सुधारलाई राहत सामाग्री सहयोग गरेको छ । सहयोग सामाग्री बैंकका सीतापाईला शाखाका शाखाप्रमुख विजय उप्रेतीले शक्तिकुमारी टोल सुधारका अध्यक्ष गोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
FACEBOOK COMMENTS