काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार प्रदान गर्ने भएको छ। एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो सम्झौता गरिएको हो।
सम्झौता पत्रमा ब्रान्ड डिजिटल लजिक प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरेका छन्।
उत्कृष्ट खेलाडीले एसपिजी अटोमोबाइल्सको ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पाउने बताइए पनि कस्तो मोडलको कार पाउने भन्ने विषयमा अहिले पक्का नभएको र यसबारेमा आगामी दिनमा जानकारी दिने क्यानका सचिव पारस खड्काले बताए। नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुँदै छ । यस संस्करणमा उत्कृष्ट घोषित हुने नेपाली खेलाडीले यो विशेष सम्मान पाउनेछन्। एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले यो सहकार्यले नेपालमा क्रिकेटको प्रवद्र्धन र विकासका लागि टेवा पुर्याउने विश्वास व्यक्त गरे।
एनपीएलको पहिलो संस्करणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ।
FACEBOOK COMMENTS