काठमाडौं । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले आफ्नो प्रख्यात क्लासिक ३५० श्रृंखलामा नयाँ सिग्नल्स एडिसन सार्वजनिक गरेको छ।
सैनिक र ऐतिहासिक मोटरसाइकलको प्रेरणाबाट डिजाइन गरिएको यो मोटरसाइकल ३५० सीसीको शक्तिशाली एयर आयल कुल्ड इन्जिनसहित आएको छ। सिग्नल्स एडिसन दुई आकर्षक डेजर्ट स्यान्ड र मार्स ग्रेमा उपलब्ध छ।
नयाँ मोटरसाइकलको इन्जिनले सहज पावर डेलिभरी र उत्कृष्ट टर्क प्रदान गर्दै चालकलाई परिष्कृत सवारी अनुभव दिने कम्पनीको दाबी छ । त्यस्तै मोटरसाइकलको फराकिलो सिट, नरम कुशन र एर्गोनोमिक्स डिजाइनले लामो र छोटो यात्रा दुबैलाई आरामदायी बनाउने कम्पनीले जनाएको छ ।
क्लासिक ३५० सिग्नल्स एडिसनमा हेडलाइटको नयाँ पाइलट लाइट, नयाँ टेललाइट डिजाइन र एकीकृत रिफ्लेक्टर जस्ता फिचर छन्।
रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसनले परम्परागत शैली र आधुनिक प्रविधिबीच उत्कृष्ट सन्तुलन प्रस्तुत गरेको छ।
नयाँ रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसनको आज रोयल इन्फिल्डको नेपालभर २४ वटै शाेरूममा लन्च एवं बिक्री खुला गरिएको छ।
FACEBOOK COMMENTS