काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढाउने बताएका छन् ।
बिहीबार ‘नेशनल जोइन्ट एनुअल रिभ्यू-२०२४’ समारोहमा बोल्दै मन्त्री पौडेलले आवश्यक जनशक्ति, उपकरण सबैको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् ।
उनले भने, ‘कोशी अस्पतालमा धेरै बिरामी भए भने बीपी कोइराला अस्पताल धरानमा पुर्याउने व्यवस्था आपसी समझदारी र समयमै हुनुपर्छ । यस्तो किसिमको प्रणाली विकास गर्नको निम्ति म अनुरोध गर्न चाहन्छु । हामीले अरू स्वास्थ्य संस्था गेटा मेडिकल कलेज बनाउने गरी सातै प्रदेशमा मेडिकल पढाइ हुने गरी काम अगाडि बढाउन खोजिरहेका छौं ।’
साथै उनले आपसमा समन्वय गरेर उपचार प्रणालीलाई व्यवस्थित गर्न र सीमित स्रोत साधनभित्र प्रभावकारिता बढाउन समेत आग्रह गरे । उनले स्वास्थ्य क्षेत्रका कर्मचारीहरूले व्यावसायिक रूपमा नहेरी सेवा प्रदान गर्ने दृष्टिकोणबाट काम गर्न समेत अनुरोध गरे ।
FACEBOOK COMMENTS