काठमाडौं । रौतहटको इशनाथ नगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका खलिकले छ सय २७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका शेख अनवारले पाँच सय ७५ मत प्राप्त गरे ।
आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सदरे आलमले चार सय ५२ मत प्राप्त गर्दा जनमत पार्टीका शेख जमिरुल हकले एक सय ३५ मत प्राप्त गरे ।
साथै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका शेख अमिरुलले २४, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदन शाहले १४, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका शेख असराजले छ र जनता समाजवादी पार्टी नेपालका शेख अब्दुल अहदले चार मत प्राप्त गरे । साथै स्वतन्त्र उम्मेदवारहरु शेख अंजर हुुसेनले दुई, शेख अबुजैरले एक र शेख नजिरुलले एक मत प्राप्त गरे ।
FACEBOOK COMMENTS