काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।
लघुवत्तको सञ्चालक समितिको बैठकले शेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो । संस्थाले आर्थिक वर्ष २०७८-७९ देखि लाभांश वितरण गरेको छैन ।
कम्पनीले आर्थिक वर्ष २०८०-८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । यसअघि लघुवित्तले आर्थिक वर्ष २०७७-७८ को नाफाबाट सेयरधनीलाई २१ प्रतिशत लाभांश वितरण गरेको थियो ।
FACEBOOK COMMENTS