काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको छ ।
कम्पनीले पुस २५ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । सभा बोलाएको कम्पनीले सेयरधनीलाई लाभांश दिने प्रस्ताव राखेको छैन ।
कम्पनीले सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुने जनाएको छ ।
साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।
सभा प्रयोजनका लागि संस्थाले पुस १७ गते बुक क्लोज गर्ने भएको छ । पुस १६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
FACEBOOK COMMENTS