गोरखा । सरकारको आर्थिक समृद्धिमा प्रमुख मुद्दा बनेको नेपालको निर्माण क्षेत्र बेलाबखत विवादमा आउने गरेको पाइन्छ । विभिन्न समयमा निर्माण व्यवसायमा गैर व्यावसायीक व्यक्तिहरुको प्रवेशका कारण पूरा व्यावसायी बदनाम हुने गरेको छ । यस्तै एक घटना भर्खरै गोरखामा घटेको छ । विगतमा आपराधिक गतिविधिमा संलग्न भएका एक व्यक्तिले हाल व्यवसायीको नाममा विभिन्न आतंक सिर्जना गर्न लागिरहेको पाइएको छ । स्थानीयस्तरमा सामान्य रुपमा निर्माण व्यवसायमा संलग्न हुँदै आएका गोरखा भीमसेनथापा गाउँपालिकाका नवराज लामिछानेले आफूलाई ठेक्का नदिएको आरोपमा गाउँपालिकाका कर्मचारीमाथि आक्रमण गरेको जनाइएको छ । गोरखाको भीमसेन थापा गाउँपालिका–४ धावामा योजना निर्माणका क्रममा बिबाद हुँदा ठेकेदार नवराज लामिछाने र सव–इन्जिनियर भरत भट्टबीच झडप भएको छ। ठेक्कापट्टाको काम गर्दै आएका नवराज लामिछानेले भट्टलाई फोनमार्फत् ज्यान मार्ने धम्की दिएपछि बिबाद बढेको थियो। स्थानियका अनुसार २०७७ जेठ ८ गते बिहान भिमसेन थापा गाउँपालिका वडा नं ४ काशिखोला नाला निर्माणको शिलशिलामा अनुगमनमा खटिएका सव(ईन्जिनियर भरत भट्टलाई बालुवाटार निवासी निर्माण ब्यवसायी नवराज लामिछानेले आक्रमण गरेको जनाइएको छ । स्थानिय उपभोक्ता समितीको छलफल चलिरहेको स्थानमा मोटरसाईकलमा आएका लामिछानेले एक्कासी टाउकोमा हेलमेटले आक्रमण गरेपछि छोरालाइ बचाउने क्रममा भट्टका बाबुले प्रतिकार गर्दा लामिछानेको टाउकोमा सामान्य चोट लागेको छ । सोही आधारमा प्रहरीले अहिले भट्टलाई नियन्त्रणमा लिएको जनाइएको छ । भट्टका बाबु तोयानाथले छोरालाई आक्रमण गर्न आउनेमाथि आइलाग्ने माथि जाइलाग्दा’ लामिछाने घाइते भएको बताए । घाइते लामिछानेलाई उपचारका लागि अस्पताल लगेको जनाइएको छ । उपभोक्ता समितिको सामान्य विवादको विषयमा आएका लामिछानेले आफ्नो जे।सी।बि। ट्याक्टर प्रयोग गर्न पाउनुपर्छ भन्दै बिगतदेखि नै गुण्डाशैलिमा ज्यान मार्ने धम्की दिएको भट्टको भनाइ छ । निज लामिछानेले यसअघि पनि विभिन्न विकास निर्माणका कार्यमा अवरोध पु¥याउँदै आएको गाउँपालिकाका जनप्रतिनिधि र सव–इन्जिनियरले बताएका छन् । यसबाट व्यवसायीको नाममा आतंक फैलाउने यस्ता व्यक्तिहरुलाई अन्य व्यवसायीहरुले पनि सचेत गराउनुपर्ने पनि स्थानीयहरुले बताएका छन् । ठेक्का हात पार्नका लागि अनैतिक कार्यहरु गर्ने यस्ता व्यवसायीहरुलाई व्यवसायीहरुको छाता संगठनहरुले पनि ध्यान दिनुपर्ने हुन्छ ।निर्माण व्यावसायीको नाम बदनाम गर्दैः फस्टायो टोल टोलमा गुण्डागर्दी
अडियो सुन्नुहोस
नोटः अत्यन्तै तल्लो स्तरका शब्दहरुको प्रयोग गरिएको हुनाले हामीले केही अंश काटेका छौं ।
FACEBOOK COMMENTS