काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन १५ गते बुक क्लोज गर्ने भएको छ । फागुन १४ गते महाशिवरात्रिको अवसरमा सार्वजनिक बिदा भएकाले आजसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
आइएमई लाइफको फागुन २५ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सेयरधनीलाई २१.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण प्रस्ताव गरेको छ ।
साथै, आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव छ ।
FACEBOOK COMMENTS