काठमाडौं । नेपाल राष्ट्र बैंकले निष्क्रिय कर्जा ८ प्रतिशत ननाघेका बैंकमा निक्षेप राख्ने भएको छ ।
हाल निष्क्रिय कर्जा ५ प्रतिशत नाघेका बैंकमा राष्ट्र बैंकले निक्षेप लगानी गर्ने गरेको थिएन । अब कूल निष्क्रिय कर्जा ८ प्रतिशत र खुद निष्क्रिय कर्जा ३ प्रतिशत ननाघेको बैंकमा निक्षेप राख्ने जनाएको छ ।
नेपाल राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागले केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको रकम लगानी गर्नुपर्ने भएकाले बैंक तथा वित्तीय संस्थालाई लिन चाहेको रकम र उक्त रकम लिनका लागि प्रस्ताव गरिएको व्यादर सम्बन्धी प्रस्ताव पेस गर्न आह्वान गरेको छ ।
मुद्दती निक्षेपको रुपमा लिन चाहेको रकम खुलाई केन्द्रीय बैंकमा फागुन २० गते मध्यरातभित्र ब्याजदर सम्बन्धी प्रस्ताव पेस गर्न आह्वान गरेको छ ।
FACEBOOK COMMENTS