काठमाडौं । वेष्ट फाइनान्स कम्पनीले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बालिनसिंह (बिएन) घर्तीलाई नियुक्त गरेको छ ।
गत १६ फागुनमा बसेको सञ्चालक समितिको बैठकले घर्तीलाई आगामी चार वर्षका लागि यो जिम्मेवारी सुम्पने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको इजाजत प्राप्त यो फाइनान्स कम्पनीमा घर्तीको नियुक्तिसँगै उनी ११ वर्षपछि बैंकिङ क्षेत्रमा फर्किएका छन् ।
हाल वेष्ट फाइनान्ससँग करिब २६ करोड रुपैयाँ सञ्चित नोक्सानी रहेको छ भने गैर बैंकिङ सम्पत्तिको मूल्य २५ करोड छ । घर्तीले क्षेत्रीय स्तरका विकास बैंक र फाइनान्स कम्पनीहरूसँग मर्जरको रणनीति अपनाएर कम्पनीलाई अगाडि बढाउने योजना बनाएका छन् ।
FACEBOOK COMMENTS