२०७७ असार ०६ – पाल्पामा थप १६ जना सक्रमित भेटिएका छन् । पाल्पाको बगनासकाली गाउँपालिका वडा नं ६ यम्घाको क्वारेन्टाइनमा १३ र वडा नं ७ को क्वारेन्टाइनमा ३ जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।
योसँगै पाल्पामा सक्रमितको संख्या ७१ पुगेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा १६ जनामा सक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । सक्रमित हुनेमा १९ देखि ४५ वर्ष उमेर समुहका रहेका छन् । सक्रमितमध्ये १२ जना पुरुष र ४ जना महिला रहेका छन् ।
सक्रमित हुनेमा वडा नं ६ यम्घाका ९ जना पुरुष, र ४ जना महिला, वडा नं ७ खानीगाउँका ३ जना पुरुष छन् । त्यस्तै वडा नं ६ यम्घाको भगवती आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका ९ जना, अरनी आधारभुत विधालयमा बसेका १ जना, सिता मावीको क्वारेन्टाइनमा बसेका ३ जना र वडा नं ७ खानीगाउँको खानीगाउँ मावीमा बसेका ३ जना रहेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । गाउँपालिकाले क्वारेन्टाइमा बसेका ११५ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाएकोमा १६ जनाको पोजिटिभ, ७६ जनाको नेजेटिभ र २३ जनाको रिपोट आउन बाँकी रहेको अध्यक्ष बस्यालले बताए । सक्रमित १६ जनालाई आज तानसेनको आइसोलेसमा ल्याउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताए । उनीहरुको अवस्था समान्य रहेको छ । बगनासकाली गाउँपालिकामा मात्र सक्रमित हुनेको संख्या १७ पुगेको छ ।
यसअघि रम्भा गाउँपालिकामा १६ जना, माथागढी गाउँपालिकामा १४ जना, रैनादेवी छहरा गाउँपालिकामा २ जना, रिव्दीकोगाउँपालिकामा ४ जना, निस्दी गाउँपालिकामा ३ जना, रामपुर नगरपालिकामा २ जना, पुर्वखोला गाउँपालिका १२ जना, बगनासकाली गाउँपालिकामा १ जना र तिनाउँ गाउँपालिकामा १ जना, उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मी र अर्घाखाचीका एक एक जनामा कोरोना सक्रमण देखिएको छ । सक्रमितमध्ये एक जनाको उपचारको क्रममा मत्यु भएको थियो भने ५ जना निको भइ घर फर्किएका छन्।
FACEBOOK COMMENTS