काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले चैत १५ गते राजावादीहरूले गरेको आन्दोलनमा तोडफोड र आगजनी गर्नेहरू नेकपा (माओवादी केन्द्र) का कार्यकर्ता भएको आरोप लगाएका छन् ।
आज मङ्गलबार काठमाडौंको बल्खुमा पार्टीले आयोजना आमसभालाई सम्बोधन गर्दै उनले सरकारी सम्पत्ति तोडफोड र आगजनी गर्नेहरू माओवादीका कार्यकर्ता रहेको पुष्टि भएको बताएका हुन् ।
उनले आफ्ना नेताहरूलाई झुटा मुद्दा लगाएर थुनिएको पनि दाबी गरे ।
‘हाम्रा साथीहरूलाई लगेर थुनेको छ । १७ हजार मार्छु भन्ने, ५ हजारको जिम्मा लिनेले मञ्चमा बसेर भाषण गर्छन्, राजावादीले हिंसा गरे रे !,’ उनले भने, ‘अहिले प्रमाणित भयो, सरकारी सम्पत्ति तोडफोड गर्ने, जडीबुटीमा आगो लाउने माओवादीको कार्यकर्ता भएको आज पुष्टि भएको छ । देशका भिजिलान्तेहरू प्रयोग गरेर, झुटा मुद्दाहरू लगाएर हाम्रा साथीहरूलाई थुनिएको छ ।’
FACEBOOK COMMENTS