काठमाडाैं । जापानी प्रविधिमा आधारित र भारतमा निर्मित बस तथा ट्रक उत्पादन गर्ने एसएमएल इसुजुले नेपालका लागि लक्ष्मी ग्रुपलाई आधिकारिक बिक्रेताको रूपमा नियुक्त गरेको छ।
लामो समयदेखि नेपाली भू–बनोट तथा बजारमा लोकप्रिय रहँदै आएको एसएमएल इसुजु ब्राण्डका सवारी साधनहरूको बिक्री वितरण अब लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकल्सले आधिकारिक रूपमा गर्नेछ। कम्पनीले आक्रमक रूपमा बजार विस्तार तथा सुदृढीकरणको रणनीति अपनाउँदै अगाडि बढ्ने जनाएको छ।
लक्ष्मी कमर्सियल भेहिकल्सले विगत सात वर्षदेखि एसएमएल इसुजुका सवारी साधनहरूको बिक्री गर्दै आएको छ। हाल नेपालका सातै प्रदेशमा कम्पनीको सेल्स तथा सर्भिस सञ्जाल विस्तार भइसकेको छ भने आगामी दिनमा अझै विस्तार गर्ने योजना रहेको सेल्स हेड सञ्जय खड्काले जानकारी दिए।
खड्काका अनुसार, देशभर ग्राहकको सहजताको लागि स्पेयर पार्ट्सको उपलब्धता सुनिश्चित गरिनेछ। ब्राण्डप्रति देखाइएको समर्पण, प्रतिबद्धता र मेहनतलाई कदर गर्दै एसएमएल इसुजुले आफूहरूलाई एक मात्र आधिकारिक वितरकको जिम्मेवारी दिएको भन्दै खड्काले खुसी व्यक्त गरे।
एसएमएल इसुजुले नेपाली बजारमा लाइट र मिडियम ट्रक, टिप्पर, स्कुल बस तथा स्टाफ बस अन्तर्गत विभिन्न क्षमताका सवारी साधन उपलब्ध गराउँदै आएको छ। विशेषगरी स्कुल बस सेग्मेन्टमा यस ब्राण्ड लामो समयदेखि अग्रणी स्थानमा रहेको कम्पनीले जनाएको छ।
FACEBOOK COMMENTS