काठमाडौं । उच्च शिक्षाका लागि जापान जान लागेका विद्यार्थीहरूले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीबाट जीवन बीमा पोलिसी खरिद गरेका छन् ।
उज्ज्वल भविष्य खोज्न जापान जान तयारी अवस्थामा रहेका करिब एक दर्जन विद्यार्थीहरूले एकसाथ जीवन बीमा पोलिसी खरिद गरेका हुन् । उनीहरूले उज्ज्वल भविष्यका साथै सुरक्षित भविष्य पनि महत्वपूर्ण हुने भएकाले बीमा पोलिसी खरिद गरेर विदेश जान लागेको बताएका छन् ।
बागबजारस्थित काइट कन्सल्टेन्सीबाट जापान जाने तयारीमा रहेका उनीहरूले विदेशमा रहँदा कमाइने रकमलाई बचत गरी भविष्यलाई समेत सुरक्षित पार्ने उद्देश्यअनुसार बीमा गरेर विदेश जान लागेको बताए । आफूहरूलाई जापान जाने सम्पूर्ण प्रक्रिया मिलाउनाका साथै बीमाको आवश्यकता, महत्व र फाइदाका बारेमा जानकारी दिने कन्सल्टेन्सीका प्रबन्ध निर्देशक हेमराज साउदलाई उनीहरूले धन्यवाद दिएका छन् ।
‘हामी उच्च शिक्षाका लागि जापान जान काइट कन्सल्टेन्सी आएका र कति त त्यहीँ भेटेर चिनजान भएका साथीहरू हौँ । त्यहाँ पुगेर जब हेमराज सरलाई भेट्यौँ उहाँबाट थुप्रै विषयमा मोटीभेसन प्राप्त भयो,’ बीमा पोलिसी खरिद गर्न कम्पनीको गोकर्ण शाखामा आएका विद्यार्थीहरूमध्ये घोडाघोडी–१० कैलालीका लक्ष्मण रोकायाले भने, ‘हामी भाग्यमानी बनेका छौँ । यहाँ जीवन सुरक्षित गरेर राम्रो भविष्य खोज्न जापान जाँदैछौँ । मलाई लाग्छ यसअघि यस्तो अवसर अरु ब्याचले पाएन होला ।’
विद्यार्थीहरूलाई एकसाथ १० वटा बीमालेख हस्तान्तरण गरिएको गोकर्ण शाखाका प्रमुख गणेश लामिछानेले जानकारी दिए । सो अवसरमा काइट कन्सल्टेन्सीका प्रबन्ध निर्देशक हेमराज साउद, सो शाखाका मिलिनियम डलर राउण्ड टेबल (एमडीआरटी) उमेश धिताललगायत एजेन्सी र कर्मचारीहरूको सहभागिता थियो ।
FACEBOOK COMMENTS