काठमाडौं । दिपल ईभीले अब ‘छुटाउनै नमिल्ने’ अफर सार्वजनिक गरेको छ।
नेपालका लागि दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आगामी बजेटअघि नै यस्तो आकर्षक अफर ल्याएको हो।
‘अनमिसेबल प्रि–बजेट स्किम’ अन्तर्गत ग्राहकहरुले अहिलेसम्मकै उच्च नगद छुट, पुरानो गाडीमा एक्सचेञ्ज बोनस, निशुल्क रोड ट्याक्स, कम्प्रिहेन्सिभ बिमा र चार्जर जस्ता विशेष सुविधाहरु पाउनेछन्।
अफर अन्तर्गत ग्राहकले केवल २० प्रतिशत डाउनपेमेन्टमै ८ दशमलव ९९ प्रतिशत ब्याजदरमा दिपल इभी खरिद गर्न सक्नेछन्।
साथै, ७ किलोवाटको वाल चार्जर र ३ किलोवाटको ट्राभल चार्जर पनि निःशुल्क प्रदान गरिनेछ। यो अफर बैशाख १० गतेदेखि सुरु भई ४५ दिनसम्म लागू हुनेछ।
नेपालमा सार्वजनिक भएको एक वर्षमै आठ सयभन्दा बढी युनिट विक्री गर्दै दिपल इभी नेपालकै नं। १ लक्जरी इभी ब्रान्ड बनेको छ। हाल उपलब्ध चार मोडेल — एस०७, एस०७ एल, एल०७ र ई०७ — मा ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयुडी’, ‘सनफ्लावर टचस्क्रिन’ लगायत १० भन्दा बढी ‘इन्डस्ट्री–फस्र्ट’ फिचर उपलब्ध छन्।
नेपालभर १०० भन्दा बढी चार्जिङ स्टेसन संचालन गर्दै आएको एमएडब्लु वृद्धिको अनुसार यो अफर इभीमा कल बढ्ने चर्चा चलिरहेका बेला दिपल इभी पुरानो मूल्यमै खरिद गर्न सकिने अन्तिम मौका हुन सक्छ।
FACEBOOK COMMENTS