एजेन्सी । भारतले जम्मु-कश्मीरमा अप्रिल २२ मा भएको बन्दुकधारीहरूको आक्रमणमा २६ पर्यटकको ज्यान गएपछि पाकिस्तानमाथि गम्भीर आरोप लगाउँदै बुधबार विभिन्न कडा कूटनीतिक कदमहरू सार्वजनिक गरेको छ।
भारतले आक्रमणपछि पाकिस्तानमाथि गम्भीर आरोप लगाउँदै बुधबार विभिन्न कडा कूटनीतिक कदमहरू सार्वजनिक गरेको छ। भारतले पाकिस्तानले ‘सिमा-पार आतङ्कवादु लाई समर्थन गरिरहेको आरोप लगाउँदै यो प्रतिक्रिया दिएको छ।
पाकिस्तानी सेना प्रमुख असिम मुनीरले मंगलबार साँझ तीनवटै सेनाका कमाण्डरहरूको आकस्मिक बैठक आयोजना गरेका थिए। बैठकपछि कराँची एयरबेसबाट भारतसँगको सीमातर्फका लाहोर र रावलपिन्डीस्थित वायुसेना स्टेशनहरूमा १८ लडाकु विमान पठाइएको छ।
पाकिस्तान प्रशासित कश्मीर (पीओके)मा भारतबाट आक्रमण हुनसक्ने आशंकामा नियन्त्रण रेखा ९एलओसी० वरपर सेना परिचालन बढाइएको छ। लगभग ७४० किलोमिटर लम्बाइको एलओसी क्षेत्रमा लस्कर समूहका लन्च प्याडहरू रहेको भन्दै पाकिस्तानी सेनाले तयारी बलियो बनाएको छ। त्यसैक्रममा पाकिस्तानले अरब सागरमा फायरिङ अभ्याससमेत सुरू गरेको छ।
यद्यपि, पाकिस्तानले भारतबाट तत्काल जमिनमै सैन्य कारबाही नहुने आँकलन गरेको समाचार छ। तर पनि, आफ्ना २० लडाकु विमान स्क्वाड्रनहरूलाई उच्च सतर्कतामा राखिएको छ। बुधबार पनि सेना प्रमुख मुनीरले सुरक्षा सम्वन्धी थप छलफलका लागि कमाण्डरहरूलाई बैठकमा बोलाएका थिए।
FACEBOOK COMMENTS