काठमाडौं । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा घरेलु टोली ओमानसामु २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
ओमानको अल अमिरेत रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाए २८० रनको योगफल तयार पर्यो ।
नेपालका रोहितकुमार पौडेलले सर्वाधिक ८० रनको योगदान गरे । उनले ८१ बलमा दुई–दुई चौका र छक्का प्रहार गरे । यसैगरी, दीपेन्द्रसिह ऐरीले ६९, देव खनालले ५७, इशान पाण्डेले २९ र बसिर अहमदले १७ रन बनाए ।
चौथो विकेटका लागि रोहित र दीपेन्द्रले १३९ रनको शतकिय साझेदारी गरे ।
ओमानका शाह फैसलले पाँच विकेट लिए । उनले आठ ओभरमा ५७ रन खर्चिए । यसैगरी,जय ओडेदराले तीन र समय श्रीवास्तवले दुई विकेट हात पारे ।
