काठमाडौं । राष्ट्र बैंकलाई तरलता व्यवस्थापन गर्न सकस परेको छ ।
बैंकले अधिक तरलता व्यवस्थापन गर्न वैशाख १७ गते आज बुधबार बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गरेर बैंकिङ्ग प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्ने भएको हो ।यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो २१ दिने निक्षेप संकलन उपकरणको जेठ ७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
यो महिनालागेपछि बैंकले यो चौथो पटक तरलता खिच्ने भएको हो । यसअगाडि ३ गते र ७ गते ३० अर्ब रुपैयाँ र १० गते ३५ अर्ब रूपैयाँ तरलता खिचेको थियो ।
निक्षेप बढ्नु र कर्जाको माग नबढ्नु बैंकिङ प्रणालीमा पैसा बढेको छ।
FACEBOOK COMMENTS