काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई अब लुम्बिनी केवलकारमा टिकट खरिद गर्दा २० प्रतिशत छुट प्रदान गरिने भएको छ।
आईएमई लाइफ र लुम्बिनी केवलकारबीच सम्पन्न समझौताबाट यो सहुलियत उपलब्ध गराइने सहमति भएको हो ।
छुट सुविधा प्राप्त गर्नका लागि बीमितहरूले कम्पनीको मोबाइल एपमा रहेको बीमालेख देखाउनु पर्नेछ। त्यस्तै, अभिकर्ता तथा कर्मचारीहरूले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेश गरेर सो छुटको लाभ लिन सक्नेछन् ।
यो सहकार्यले कम्पनीको व्यावसायिक सम्बन्ध अझ प्रभावकारी बनाउने मात्र नभई बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई अतिरिक्त लाभ र सकारात्मक ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।
छुटको सुविधा लुम्बिनी केवलकारको टिकट काउन्टर बाट टिकट खरिद गर्दा मात्र लागू हुनेछ ।
कम्पनीले भविष्यमा यस सेवालाई अझ प्रभावकारी बनाउन प्रिभिलेज कार्ड प्रणाली सुरु गर्ने योजना पनि बनाएको छ, जसबाट सेवा सहज, स्तरीय र प्राविधिक रूपमा आधुनिक बनाउने लक्ष्य लिइएको छ ।
FACEBOOK COMMENTS