काठमाडौं । पाकिस्तानी सेनाले भारतविरुद्ध जवाफी कारबाही सुरु गरेको दाबी गरेको छ ।
पाकिस्तानको सरकारी टीभी र सेनाको जनसम्पर्क विभागले भारतविरुद्ध जवाफी आक्रमण सुरु भएको बताएका हुन् ।
पाकिस्तानले भारतविरुद्ध आफ्ना तीनवटा सैन्य हवाई अड्डालाई निशाना बनाएको आरोप लगाएको थियो ।
पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर) का अनुसार पाकिस्तानले भारतविरुद्धको जवाफी कारबाहीलाई ‘अपरेशन बुनयान उल मर्सुस’ नाम दिएको छ ।
भारतले पाकिस्तानविरुद्ध सञ्चालन गरिरहेको ‘अपरेशन सिन्दूर’ को जवाफमा पाकिस्तानले ‘अपरेशन बुनयान उल मर्सुस’ सुरु गरेको हो, जसको अर्थ ‘फलाम वा बलियो सिसाबाट बनेको पर्खाल’ हुन्छ । यो अरबी शब्द हो ।
गत २२ अप्रिलमा भारतीय राज्य जम्मू–कश्मीरको पहलगाममा एक नेपालीसहित २६ जनाको ज्यान जाने गरी भएको आतङ्कवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव बढेको छ ।
भारतले उक्त हमलामा पाकिस्तानको हात रहेको दाबी गर्दै उसविरुद्ध आक्रमण सुरु गरेपछि पाकिस्तान पनि जवाफी कारबाहीमा उत्रिएको हो ।
FACEBOOK COMMENTS