काठमाडौं । ट्राफिक प्रहरीका इन्स्पेक्टरले जनपद प्रहरीका जवान कुटेको घटना छानबिनका लागि समिति गठन भएको छ ।
काठमाडौंको नागढुङ्गामा ट्राफिक प्रहरीका इन्स्पेक्टरले जवान जनपद प्रहरीका जवानलाई थप्पड हानेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
कुटपिट गर्ने इन्स्पेक्टर जितेन्द्र साह र कुटपिटमा पर्ने जवान मदनराज खड्का रहेको खुलेको छ ।
घटनाबारे छानबिन गर्न एसपी पदमबहादुर विष्टको नेतृत्वमा समिति गठन गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
समितिमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी र जिल्ला प्रहरी परिसर काठमाडौंका इन्स्पेक्टर सदस्य छन् ।
घटनापछि ट्राफिक प्रहरी प्रभाग नागढुङ्गामा कार्यरत साह र प्रहरी प्रभाग नागढुङ्गामा कार्यरत खड्कालाई जिम्मेवारीबाट हटाइएको छ ।
साहलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय र खड्कालाई जिल्ला प्रहरी परिसरमा झिकाइएको प्रहरी स्रोतले जनाएको छ ।
बुधबार सडकमै साहले खड्कालाई थप्पड हिर्काएको भिडिओ बाहिरिएको थियो ।
जवानले ट्रक चालकसँग रकम लिएको भेटेपछि आफूले कुटेको इन्स्पेक्टरले आफ्नो कमाण्डमा जानकारी गराएका छन् ।
FACEBOOK COMMENTS