काठमाडौँ । कलाकार दीपक राज गिरीले गणतन्त्रलाई बागमतीको संज्ञा दिएका छन् । गिरीले गणतन्त्र दिवसको शुभकामना दिदै गणतन्त्रलाई बागमतीको संज्ञा दिएका हुन् ।
उनले बागमतीमा सबैको आस्था र विश्वास भएपनि ढल मिसिएकाले सबैले नाक खुम्च्याउने बताउदै गणतन्त्र पनि भ्रष्टाचारको ढल धेरै मिसिएकोले मात्रै नाक खुम्च्याउनु परेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्- गणतन्त्र बाग्मती जस्तो हो ! आस्था र बिश्वास सबैलाइ छ , भ्रष्टाचारको ढल धेरै मिसिएकोले मात्रै नाक खुम्च्याउनु पर्या हो !
FACEBOOK COMMENTS