काठमाडौं । दोलखा जिल्लाले सङ्घीय सरकारबाट आगामी आर्थिक वर्ष २०८२/८३ का लागि तीन अर्ब ५४ करोड ३९ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तरसरकारी वित्तीय हस्तान्तरणको विवरणअनुसार दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तह रहेको दोलखाका लागि सो रकम बराबरको बजेट विनियोजन गरिएको हो ।
दुई नगरपालिकाका लागि ८८ करोड १३ लाख रुपैयाँ र सात गाउँपालिकाका लागि दुई अर्ब ६६ करोड २६ लाख रुपैयाँ अनुदान हस्तान्तरण गरिएको हो ।
विनियोजित कुल बजेटमध्ये समानीकरण अनुदानतर्फ एक अर्ब आठ करोड ७३ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ ५६ करोड ७८ लाख रुपैयाँ, विशेष अनुदानतर्फ एक करोड ४३ लाख रुपैयाँ र समपूरक अनुदानतर्फ तीन करोड १९ लाख रुपैयाँ छुट्याइएको हो ।
नौ स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट भिमेश्वर नगरपालिकाले ५४ करोड ११ लाख रुपैयाँ पाउँदा सबैभन्दा कम बजेट जिरी नगरपालिकालाई ३४ करोड दुई लाख रुपैयाँ परेको छ ।
कुन स्थानीय तहलाई कति बजेट ?
नगरपालिकातर्फ भिमेश्वरले ५४ करोड ११ लाख रुपैयाँ र जिरीले ३४ करोड दुई लाख रुपैयाँ बजेट पाएका छन् ।
गाउँपालिकातर्फ सबैभन्दा बढी बजेट तामाकाेशीले र सबैभन्दा कम बजेट बिगुले पाएका छन् ।
कालिञ्चोकले ४२ करोड ११ लाख रुपैयाँ, गौरीशङ्करले ३८ करोड ९५ लाख रुपैयाँ, तामाकोशीले ३९ करोड ९३ लाख रुपैयाँ, वैतेश्वरले ३५ करोड ५१ लख रुपैयाँ बजेट पाएका छन् ।
यसैगरी, मेलुङले ३५ करोड ४७ लाख रुपैयाँ, बिगुले ३५ करोड ४३ लाख रुपैयाँ र शैलुङले ३८ करोड ८६ लाख रुपैयाँ बजेट पाएका छन् ।
हेर्नुहोस् पूर्ण विवरण–
FACEBOOK COMMENTS