काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा प्रस्तुत बजेटलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन् ।
आज शुक्रबार कर्पोरेट खबरसँग कुराकानी गर्दै शर्माले सरकारले निजी क्षेत्रलाई उत्साहित गर्ने लक्ष्यसहित बजेट ल्याएको बताएका हुन् ।
बजेटमार्फत आर्थिक गतिविधि बढाउने र लगानीको वातावरण सुधार गर्ने सङ्केत देखिएको भन्दै उनले यसलाई राम्रो सुरुवातका रूपमा व्याख्या गरे ।