काठमाडौं । सरकारले सेयर बजारमा लाग्ने पुँजीगत लाभकर बढाएको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक बर्षको बजेट विनियोजन गर्दै लाभकर बढाएको जनाएका छन् ।
सेयर बजारमा लाग्दै आएको अल्पकालीन र दीर्घकालीन लाभकर बढेको छ । यसअघि दीर्घकालीन कारोबारमा लाग्दै आएको ५ प्रतिशत लाभकर ७.५ प्रतिशत पुगेको छ ।
हाल अल्पकालीन कारोबारमा लाग्दै आएको ७.५ प्रतिशत लाभकर १० प्रतिशत पुगेको छ ।
अर्थमन्त्री डा वाग्लेले यो लाभकर नै अन्तिम मानिने जनाए ।
