काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेश अग्रवालले सरकारले ल्याएको आर्थिक वर्षको बजेटलाई निजी क्षेत्रमैत्री भएको बताएका छन् ।
कर्पोरेट खबरसँग कुरा गर्दै अग्रवालले बजेट मार्फत व्यवसाय र उद्योग क्षेत्रलाई चलायमान बनाउने प्रयास गरिएको प्रतिक्रिया दिएका हुन् ।
उनले नीतिगत रूपमा केही सकारात्मक व्यवस्था गरिएको उल्लेख गर्दै अब कार्यान्वयन पक्ष प्रभावकारी हुनुपर्ने बताए ।