काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । सङ्घीय संसद सचिवालयका अनुसार बैठक आज दिउँसो २ बजेदेखि सुरू हुने छ ।
यसअघि आइतबार बसेको बैठक सुरू हुनासाथ विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आज बस्ने गरी बैठक स्थगित गरेका थिए ।
सभामुखले सत्तापक्ष र विपक्षी दलहरूबीच सहमति हुन लागेको आफूले बुझेको बताएका छन् ।
जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन् ।
सङ्घीय संसद सचिवालयले आज बजेटमाथि छलफलको कार्यसूची तय गरेको छ ।
FACEBOOK COMMENTS