काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन प्रस्ताव गरेको छ ।
रास्वपाले अगाडि सारेको प्रस्तावमा भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानमा हस्तक्षेप नगरी सरकारले पूर्ण सहयोग र सहजीकरण गर्ने, अख्तियारको क्षेत्रमाथि अतिक्रमण नगरेर भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न पाँच दिन भित्र उच्चस्तरीय छानबिन आयोग गठन गर्ने, समितिको कार्य क्षेत्र कार्यसम्पादन समिति गठन गर्ने, नैतिक हिसाबले गृहमन्त्री रमेश लेखकले राजीनामा दिने लगयतका प्रस्ताव अगाडि सारेको छ ।
भिजिट भिसा प्रकरणमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले ल्याएको प्रस्तावमा सहमत भए पनि रास्वपाले भने काउन्टर प्रस्ताव अगाडि सारेको छ ।
FACEBOOK COMMENTS