काठमाडौं – पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ४८ जनाको पीसीआर नमुना परीक्षण भएको छ । अहिले क्वारेन्टाइनमा २४ हजार ९७ जना रहेका छन् ।
आइसोलेसन आठ हजार दुई सय ३९ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा चार सय ३१ जनाले कोरोना जितेका छन् । कोरोना जित्नेको कुल संख्या आठ हजार चार सय ४२ रहेको छ । मन्त्रालयका प्रवक्ता डा। गौतमका अनुसार कोरोना जित्नेको संख्या ५० प्रतिशत बढी पुगेको छ ।
शुक्रबार १०८ , बिहीबार १०८, बुधबार २५५, मंगलबार २०४ र सोमबार १८० जनामा कोरोना संक्रमण देखिएको थियो। यसरी हेर्दा कोरोनाको ग्राफ घट्दो छ । धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्लामा कोरोना संक्रमण शून्य भएको छ ।
FACEBOOK COMMENTS