अन्जनराज न्यौपाने तनहुँ, २७ असार -तनहुँको भानुनगरपालिका स्थित क्वारेन्टाइनमा बस्दै आएका एक पुरुषको मृत्यु भएको छ। क्वारेन्टाइनमा अवस्था गम्भीर भएसँगै उपचारका लागि पोखरा अस्पतालमा लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको हो। जिल्ला स्थित भानुनगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका मृतक ६५ बर्षिय बृद्ध हुन्। यसैगरी व्यास नगरपालिलकाका- १ जना, शुक्लागण्डकी नगरपालिकामा-१ जना र बन्दीपुरमा -२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कुल संक्रमित १५३ र निको भै घर फर्किने १०० जना रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए।
FACEBOOK COMMENTS