काठमाडौं । मधेश प्रदेश सांसद सरोज कुमार सिंह निलम्बित भएका छन् ।
शुक्रबारको मधेश प्रदेश सभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले सांसद सरोज कुमार सिंह निलम्बित भएको पत्र पढेर सुनाएका हुन् ।
सांसद सिंहलाई अख्तियारले विहिबार पक्राउ गरेको काठमाडौंबाट पक्राउ गरेको थियो ।
सिंहविरुद्ध सांसद विकास कोषको रकम उपभोक्ता समितिमार्फत लगेर अनियमितता गरेको आरोप छ । यसअघि सिंहका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जेठ १३ गते पक्राउ गरेको थियो ।
अख्तियारको अनुसन्धानमा सिंहले विभिन्न उपभोक्ता समिति गठन गरेको देखाई समितिका खातामा दाखिला भएको रकम निजी सचिव कायस्थमार्फत झिक्न लगाई आफ्नो र श्रीमतीको खातामा राखेको भेटिएको देखिएको थियो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४-२ बाट निर्वाचित सिंह हाल अशोक राई नेतृत्वको जसपामा रहेका छन् ।
१०७ सदस्यीय मधेश प्रदेश सभामा निलम्बित हुने सिंह तेस्रो सांसद हुन् । यसअघि दिपेन्द्र ठाकुर र अभिराम शर्मा निलम्बित रहेका छन् ।
FACEBOOK COMMENTS