काठमाडौं । भारतको अहमदाबादमा भएको एअर इण्डियाको दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स अस्पतालको होस्टेल भवनको छतमा फेला परेको छ ।
भारतको उड्डयन मन्त्रालयले विमानको ब्ल्याक बक्स होस्टेल भवनको छतमा भेटिएको जानकारी दिँदै यस दुर्घटनाको नेशनल इन्भेस्टिगेसन एजेन्सी (एनआईए) सहित ७ एजेन्सीहरूले अनुसन्धानमा गरिरहेको जानकारी दिएको छ ।
विमान दुर्घटनाग्रस्त हुदा बीजे मेडिकल कलेजको होस्टेलमा ५० भन्दा बढी रहेको र उनीहरु मध्ये ४ एमबीबीएस विद्यार्थी र एक डाक्टरकी श्रीमतीको मृत्यु भएको छ बताइएको छ ।
यसअघि शुक्रबार बिहान प्रधानमन्त्री नरेन्द्र मोदी विमान दुर्घटनास्थल अहमदाबाद पुगेका थिए । उनले घटनास्थलको भ्रमण गरेपछि सिभिल अस्पतालमा गएर उपचारत घाइतेलाई भेट गरेका थिए ।
एअर इण्डियाको बोइङ ७८७ ड्रीमलाइनर उडान एआई–१७१ बिहीबार दिउँसो १:३८ बजे अहमदाबादबाट लन्डनका लागि उडेको थियो ।
विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र एक क्यानेडियन नागरिकसहित जम्मा २३० यात्रु थिए । त्यसको दुई मिनेटपछि नै विमान दुर्घटनाग्रस्त भएको थियो । तीमध्ये १०३ पुरुष, ११४ महिला, ११ बालबालिका र २ नवजात शिशु थिए । बाँकी १२ जना चालक दलका सदस्य थिए । यस घटनामा भारतीय मुलका बेलायती नागरिक विश्वास कुमार रमेश सकुशल रहेका छन् ।
FACEBOOK COMMENTS