काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले युद्धरत देशहरू इजरायल र इरानमा रहेका नेपालीहरूको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन रजिष्ट्रेशन गर्न सुरू गरेको छ ।
दूतावासले इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि सूचना सङ्कलनको काम सुरू गरेको जानकारी दिएको छ ।
दूतावासले प्रक्रियामा सहभागी हुन इच्छुक नेपाली नागरिकहरूलाई आफ्नो नाम दर्ता गर्न आग्रह गरेको छ ।
गत शुक्रबारपछि इजरायल र इरानबीच सुरू भएको युद्धका कारण ठूलो सङ्ख्यामा इजरायलमा रहेका नेपालीको अवस्थाबारे चिन्ता व्यक्त गरिएको छ । दूतावासले अहिलेसम्मसबै नेपाली सुरक्षित रहेको बताएको छ ।
सरकारी आँकडामा हाल इजरायलमा ५५ सय नेपाली छन् भने इरानमा १२ जना छन् ।
FACEBOOK COMMENTS