काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले प्रतिनिधि सभाको बैठकमा बजेट पुस्तिका सदनमै च्यातेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै थापाले बजेट पुस्तिका च्यातेका हुन् ।
सरकारले ल्याएको बजेटमा एकाधिकार कायम गरिएको र जनताप्रति उत्तरदायी नभएको भन्दै सदनको अनुमति लिएर नै पुस्तिका च्यातेको थापाको भनाइ छ ।
उनले भने, ‘नेतामुखी र मन्त्रीमुखी बजेट भएकोले, यो बजेटको किताब हेरे, केही पनि जनताप्रति उत्तरदायी नलिएको, एकाधिकार कायम गरिएको र यो किताब सदनको अनुमति लिएर च्यातेको छु ।’
FACEBOOK COMMENTS