काठमाडौं । प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीममा आवेदन दिने आज अन्तिम दिन हो ।
स्कीममा आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिने छ । क्यापिटलले जेठ २३ गतेदेखि प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीमको इकाई निष्कासन गरेको छ ।
प्रतिइकाई १० रुपैयाँ दरले ४ करोड इकाईमध्ये ३० लाख इकाई कोष प्रवद्र्धक प्रभु बैंक, ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई छुट्याएको छ । बाँकी इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणलाई २ करोड ५० लाख इकाई बिक्री खुला गरेको प्रभु क्यापिटलले जनाएको छ ।
इकाईमा न्यूनतम १०० इकाईदेखि अधिकतम ३१ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । यसमा सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । यो खुलामुखी म्युचुअल फन्ड हो ।
FACEBOOK COMMENTS