काठमाडौं । भारतको दिल्लीबाट पुणे जाने एअर इन्डियाको उडानमा चरा ठोक्किएको छ ।
एअरलाइन्सले एक विज्ञप्ति जारी गर्दै घटनामा विमान सुरक्षित रूपमा अवतरण गरिएको र पुणेमा अवतरण गरेपछि चरा ठोक्किएको पत्ता लागेको उल्लेख गरेको छ ।
एअरलाइन्सले थप यात्राको लागि विमानलाई रोकिएको बताएको छ । इन्जिनियरिङ टोलीले विमानको राम्ररी जाँच गरिरहेको बताउदै एअरलाइन्सले भन्यो, ‘जुन २० मा पुणेबाट दिल्ली जाने एआई–२४७० उडान चरा ठोक्किएको कारण रद्द गरिएको छ, जुन आगमन उडान पुणेमा सुरक्षित रूपमा अवतरण गरेपछि पत्ता लागेको थियो ।’
एअरलाइन्सले अलपत्र यात्रुहरूको लागि आवास र खाना उपलब्ध गराउने लगायत सबै व्यवस्था गरिरहेको पनि बताएको छ । टिकट रद्द गर्दा यात्रुहरूलाई पैसा फिर्ता गर्ने वा यात्रा पुन: तालिका बनाउने विकल्प प्रदान गरिएको छ । यसका साथै, यात्रुहरूलाई दिल्ली जानको लागि वैकल्पिक व्यवस्था गरिएको एअरलाइन्सले जानकारी दिएको छ ।
यसैबीच, एअर इन्डियाले आज आफ्ना धेरै उडान सेवाहरू रद्द गरेको छ । अहिलेसम्म, एअरलाइन्सले चार अन्तर्राष्ट्रिय उडानहरू सहित आठ उडानहरू रद्द गरिएको जानकारी गराएको छ । एअर इन्डियाले मर्मतसम्भार र सञ्चालन कारणले गर्दा शुक्रबार चार अन्तर्राष्ट्रिय सेवाहरू सहित आठ उडानहरू रद्द गरेको जानकारी दिएको छ ।
FACEBOOK COMMENTS