काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई धरौटीमा छाड्न आदेश भएको छ ।
आज बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश खेमराज भट्टको इजलासले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐनअन्तर्गतको कसुर मुद्दा दर्ता गरिएका उनी आज आफैँ अदालतमा हाजिर भएका थिए ।
न्यायाधीश भट्टको इजलासमा आज नै उनको बयान र थुनछेक बहस भएको हो ।
साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उनीविरुद्ध सोमबार मुद्दा दायर गरेको थियो ।
विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पाठकविरुद्ध एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी गरिएको थियो ।
निवेदक जयवीर देउवाले आफ्नो तस्बिरका साथमा ‘हिल्टन होटेलमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा पुत्र जयवीर देउवाको पैसा’ भन्ने शीर्षक राखेर सामग्री प्रसारण गरी आफूविरुद्ध घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको भन्दै साइबर ब्यूरोमा उजुरी दिएका थिए ।
FACEBOOK COMMENTS