काठमाडौं । सरकारले ३० वटा व्यावसायिक संस्था तथा कम्पनीहरूलाई ‘महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी)’ बाट सम्मान गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासङ्घको सहआयोजनामा हिजो बुधबार काठमाडौंमा भएको विशेष समारोहमार्फत सीआईपी सम्मान प्रदान गरिएको हो ।
सीआईपी प्राप्त गर्नेहरूमा निजी क्षेत्रका प्रतिनिधिमूलक नौवटा संस्था र २१ वटा व्यावसायिक फर्म तथा कम्पनी छन् ।
सीआईपीबाट सम्मानित हुने व्यसायीहरूले त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा रहेको सीआईपी लाउन्च र नेपालका अन्य विमास्थलमा रहेको विशिष्ट व्यक्तिहरूका लागि व्यवस्था गरिएको भीआईपी लाउन्च प्रयोगको सुविधाको पाउँछन् ।
यस्तै, सरकारी तथा निजी क्षेत्रले आयोजना गर्ने उद्योग तथा वाणिज्य क्षेत्रका समारोह तथा कार्यक्रमहरूमा प्राथमिकताका साथ आमन्त्रण तथा आसनको विशेष व्यवस्था उपलब्ध हुन्छ ।
विदेशमा आयोजना हुने व्यापारिक, औद्योगिक मेला तथा प्रदर्शनीको सहभागितामा प्रतिनिधित्व गर्न उनीहरूलाई विशेष प्राथमिकता दिइन्छ ।
साथै, सार्क क्षेत्रको भ्रमणका लागि सार्क भिसा उपलब्ध गराउन सिफारिस गरिन्छ ।
FACEBOOK COMMENTS