काठमाडौँ । बंगलादेशको ढाकामा जारी साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गतको अन्तिम खेलको पहिलो हाफमा नेपालमाथि बंगलादेशले अग्रता हासिल गरेको छ ।
बंगलादेशले खेलको आठौं मिनेटमा गोल गर्दै १-० गोलको अग्रता लिएको थियो । नेपालले उपाधि जितका लागि यो खेल जित्नैपर्ने अवस्था रहेको छ भने बंगलादेशले कम्तिमा बराबरी खेलेपनि उपाधि जित्ने छ ।
हालसम्म सम्पन्न ५-५ खेलपछि बंगलादेश अपराजित रहदै पाँचै खेल जितेर १५ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै नेपाल भने बंगलादेशविरुद्ध एक हार बेहोरेर ५ खेलमा १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
FACEBOOK COMMENTS