चितवन । गण्डकी प्रदेशका पूर्वप्रमुख एवं नेपाली काँग्रेसका नेता पृथ्वीमान गुरुङको निधन भएको छ । शनिबार बिहान ८ बजे भरतपुर-२६ स्थित आफ्नै निवासमा गुरुङको निधन भएको हो ।
नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।
गुरुङ नवलपरासीको भूमि आयोगको अध्यक्ष तथा कांग्रेस विभाजन हुँदा उनी प्रजातान्त्रिक चितवन कांग्रेसको जिल्ला सभापति समेत भएका थिए ।
विस २००६ मा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिएका ७६ वर्षीय गुरुङ लामो समयदेखि क्यान्सर रोगले ग्रसित थिए ।
गुरुङका दुई छोरामध्ये जेठो छोराको निधन भइसकेको छ भने कान्छा छोरा र श्रीमती छन् । गुरुङको अन्त्यष्टि आइतबार गरिने बताइएको छ ।
FACEBOOK COMMENTS