काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले माओवादी स्थायी कमिटी बैठकमा आत्मालोचना नगरेको खुलेको छ ।
माओवादीकेन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले शर्माले माइनुटमा हस्ताक्षर गर्छु भनेको तर आत्मालोचना नगरेको बताएका छन् । शर्माले साउन ६ गते दिएको अभिव्यक्ति बारे आत्मालोचना नगरेको बताउदै यस विषयमा फेरी उच्च तहमा छलफल हुने सहमति भएको सापकोटाले बताएका छन् ।उनले भने- ‘प्रभाकरको विषयमा छलफल धेरै स्पष्ट र बिस्तृत रुपमा चल्यो, असाध्यै कमरेडली भावनामा छलफल भयो । जस्तो उहाँले माइन्युटमा साइन गर्नु भएको थिएन नी, अब माइन्यूटमा सहि गर्छु भन्नु भएको छ । बैठकमा स्थायी कमिटीले भनेका कुरामा, अध्यक्षले भनेका कुरामा महसुस गर्नु भएको छ ।
उहाँले साउन ६ गते दिएको अभिव्यक्तिको विषयमा आत्मालोचना त गर्नु भएको छैन तर के कुरामा समझदारी भएको छ भने त्यस विषयमा उच्च भावनाका साथ कमिटीहरुमा छलफल गर्दै सहमतिमा जाने छलफल भएको छ । बजारमा चर्चा चलेको थियो नि पार्टी फुट्छ भन्ने चर्चा चलाइएको थियो नि त्यसलाई खारेज गर्दै पार्टीलाई एकताबद्ध बनाउदै जान स्थायी कमिटी बैठक स्द्ल भएको छ।’सापकोटाले पूर्ण एकताबद्ध भएर अगाडी बढ्छ र विगतमा भएका दुष्प्रचारलाई स्थायी कमिटीको एकताबद्ध संकल्पले खारेज गरेको बताए ।
FACEBOOK COMMENTS