मदन तिमल्सेना तनहु, ५ साउन- अविरल वर्षाका कारण तनहुँको भानु नगरपालिकामा पहिरामा परि एकै घरका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा न: ९ सिमल गाैह्रा गाउकी वर्ष ८० कि तिलुमाया धाैराली र वर्ष १४ कि सितास्मा धाैराली रहेका छन । सुरक्षाकर्मीले उनीहरुलाई पहिराेबाट निकाली अस्पताल लैजादै गर्दा बाटो मै मृत्यु भएको भानु इकाई प्रहरी कार्यालयका प्रमुख जितेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । घरमै बसि राखेका बेला घर सहित उनीहरुलाई पहिरोले थिचेको हो । मृत्यु वरण गर्ने दुई जना एकाघरका हजुरआमा र नातिनि हुन । त्यसैगरि, डुम्रे वेशिशहर राजमार्ग स्थित विभिन्न ठाउमा पहिराे झरेकाले बाटो अवरुद्ध भएको छ ।
FACEBOOK COMMENTS